लोकप्रिय गायक राजसागरको स्वरमा सजिएको गीति कोशेली गाजल नलगाउ सार्वजनिक भएको छ।
राजसागर अफिशियल च्यानलवाट सार्वजनिक भएको गीत 'गाजल नलगाउ' कमल बाछिटेले लेखेको हुन। राजसागरकै संगीतमा सार्वजनिक गीत माया, प्रेम, सौन्दर्य र सम्बन्धमा केन्द्रीत छ।
गीतको म्युजिक भिडीयो निर्देशक नितिन चन्दले गरेका हुन।
भिडीयोमा स्वयं गायक संगीतकार राजसागर, मोडल विक्रम पोखरेल ॠषि, स्मारिका ढकाल र रोजन सुन्दासको अभिनय रहेको छ। गीतको संगीत संयोजन सन्जिव वराईलीले गरेका हुन भने, ध्वनी मुद्रण श्यामश्वेत रसाईलीले गरेका हुन।मोडल स्मारिक ढकाल नवोदित लोकप्रिय कलकार हुन।
गायनको माध्यमवाट सामाजिक सेवा गदै आएका कलाकार राजसागरले विभिन्न परोकार कार्यमा योगदान गदै आएका छन। मृगौला रोगबाट पिडित सुरेश बिक, क्यान्सर पिडित बालक विप्लव पौडेललाई उपचारमा सहयोग गरेका छन।महाभुकम्पबाट भत्किएको चागुनारायण उच्च माध्यमिक विद्यालय को जिर्णोद्वारको लागि उनले आर्थिक सहयोग गरेका छन। पत्रकार कुमार अछामीको उपचारको लागी रू पाँच लाख प्रदान गरेका राजसागरले युद्ध पिडित युक्रेनी बालवालिकाको सहयोगार्थ रु एक लाख २१ हजार प्रदान गरेर आफ्नो परोपकारी योगदान गरिसकेका छन।
यसैवीच हालै सार्वजनिक गीति उपहार 'गाजल नलगाउ'को गीतमा केन्द्रीत टिकटक प्रतिष्पर्धा गररे पुरस्कृत गरिने भएको छ। प्रतियोगितामा प्रथम हुने प्रतिष्पर्धीलाई करिब ५० हजार बराबरको लेनोभो ब्राण्डको ल्यापट पुरस्कार दिईने जनाईएको छ। गायक राज सागरले यस अघिनै करिब ३ सय गीतमा आफ्नो स्वर तथा संगीत भरेका छन ।
भिडीओ लिंक :
https://www.youtube.com/watch?v=y8-Iyaemydk

प्रतिक्रिया