काठमाडौँ : नेपालमा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ९११ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३७२ जनाको नतिजा पोजिटिभ आएको हो ।
पाँच हजार ३१६ नमुनाको पीसीआर परीक्षण गर्दा २९७ र दुई हजार ५९५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९११ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख ९१ हजार २६९ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या नौ हजार ५२६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
प्रतिक्रिया