काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आइतबार गरिएको पीसीआर परीक्षणबाट ६७३ र एन्टिजेन परीक्षणबाट १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
१० हजार ८६४ गरिएको नमूना परीक्षणमा ८२८४ पीसीआर परीक्षण र २५८० एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ५०१ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ३६० छ ।

प्रतिक्रिया