लेटेस्ट न्युज
advertisement1

बेलायतमा बढ्दै कोरोना संक्रमण

Maryada News 2021-10-14 19:23:37
बेलायतमा बढ्दै कोरोना संक्रमण

काठमाडौं : बेलायतमा कोरोना भाइरसको संक्रमण पछिल्ला दिनहरुमा बढ्दै गएको छ । बेलायती अधिकारीहरुका अनुसार बुधबार मध्य जुलाईपछिकै सबैभन्दा धेरै संक्रमित देखिएका छन् ।

पछिल्ला केही दिनमा संक्रमण झन् बढेको उनीहरुको भनाइ छ । बुधबार पछिल्लो २४ घन्टामा ४२ हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् ।

सरकारले अघि सारेका स्वास्थ्य सम्बन्धी कार्यक्रम र अन्य मापदण्ड लगायतका प्रयासका बाबजुत पनि यहाँ संक्रमितको संख्यामा कमी नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ४२ हजार ६७७ जनामा एकै दिनमा सङ्क्रमण भएको छ ।

यो समेतगरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८२ लाख ७२ हजार नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण एक सय ३६ जनाको मृत्यु भएको छ । 

बेलायतका स्वास्थ्य अधिकारीले निकै लामो समयपछि यहाँ धेरै समयपछि यतिधेरै व्यक्तिको एकै दिन मृत्यु भएको बताए । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजार ८० जनाको मृत्यु भएको छ । 

बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये करिब सात हजारजना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १६ वर्षमाथिका झन्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्