काठमाडौं : महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ प्रमुख विपक्षी एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए । तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए ।
उनले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक असोज १९ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिक्रिया