लेटेस्ट न्युज
advertisement1

निफ्राले एक अर्ब ७० करोड नगद लाभांश बाँड्ने

Maryada News 2021-09-21 12:25:43
निफ्राले एक अर्ब ७० करोड  नगद लाभांश बाँड्ने

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पहिलोपटक लाभांश घोषणा गरेको छ । निफ्राले आईपीओ जारी गरेपछिको दोस्रो आर्थिक वर्षमा नगद लाभांश दिने भएको हो ।

कम्पनीले चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत (करसहित)ले हुने एक अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश बाँड्न लागेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

87.5%

खुसी

0%

दुःखी

12.5%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्