लेटेस्ट न्युज
advertisement1

विभिन्न कार्यक्रम गरि देशभर संविधान दिवस मनाइँदै

Maryada News 2021-09-19 13:02:27
विभिन्न कार्यक्रम गरि देशभर संविधान दिवस मनाइँदै

काठमाडौँ : संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ६ वर्ष पूरा भएको अवसरमा आइतबार देशभर विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइँदै छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयता सहितको संविधान जारी भएको थियो ।

त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।

संविधान दिवस सरकारले असोज दुई गतेदेखि चार गतेसम्म तीन दिने कार्यक्रम गरेर मनाइरहेको छ । आज मुख्य दिन घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबै नेपालीहरुलाई आह्वान गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्