लेटेस्ट न्युज
advertisement1

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ– पहिले सत्तारुढ दलको धारणा आओस् 

Maryada News 2021-09-09 16:39:21
एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ– पहिले सत्तारुढ दलको धारणा आओस् 

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने बताएका छन् । एमसीसी अध्यक्ष फतिमा सुमारलगायत एमसीसीको प्रतिनिधि मण्डलसँगको भेटमा ओलीले सत्तारुढ दलहरूले स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले एमसीसीबारे धारणा बनाउने बताएको एमाले विदेश विभाग प्रमुख  डा. राजन भट्टराईले जानकारी दिए ।

भट्टराईले भने, ‘अध्यक्षज्यूले पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ’, हामीले हतारिएर पोजिसन बनाउँदैनौं, रुलिङ पार्टीको पोजिसन क्लियर हुनुपर्छ भन्नुभयो  ।’ भेटमा ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि बताएका थिए ।

 
आजै काठमाडौँ आइपुगेको एमसीसीबको टोलीले राजनीतिक भेटवार्ता शुरु गरेको हो । ओलीसँग भेटका लागि टोली बालकोटस्थित ओली निवास पुगेको थियो । प्रतिनिधि मण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्ने तयारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्