काठमाडौँ: काठमाडौँ उपत्यकामा थप ५६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंका ३४९ , ललितपुरका १५० र भक्तपुरका ६९ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँ उपत्यकामा जम्मा ७१८९ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये काठमाडौंमा ३९२३, भक्तपुरमा १२५३ र ललितपुरमा २०१३ सक्रिय संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया