काठमाडौं : देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गृह मन्त्रालयले परिपत्र गरेको छ । कोरोना महामारीको संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले यस्तो निर्देशनात्मक परिपत्र गरेको हो ।
स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गत सोमबार नै परिपत्र गरेको गृह मन्त्रालयले जनाएको छ । नेपाल भारत सीमा नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न निर्देशन दिइएको छ । यस्तै नेपाल प्रवेश गर्नेहरुको नाकामै अनिवार्य स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।
प्रतिक्रिया