लेटेस्ट न्युज
advertisement1

काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा

Maryada News 2021-08-27 21:27:30
काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा

काठमाडौं : परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ । शुक्रवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका ११ जना नेपाली नागरिकहरू काठमाडौं आउने प्रक्रियामा रहेको जनाएको हो ।

त्यसैगरी मन्त्रालयले काबुलमा रहेका ४२ जना नेपाली नियमित सम्पर्कमा रहेको समेत जानकारी दिएको छ । 'हाल एउटै समूहमा आवद्ध भइरहेका ४२ जना नियमित रुपमा सम्पर्कमा रहुन भएको र उहाँहरु सबै जना सुरक्षित हुनुहुन्छ,' विज्ञप्तिमा भनिएको छ, 'उहाँहरुलाई उद्धार र गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ ।’

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा रहेको अनलाईन पोर्टलमा आफ्नो नाम सहितको विवरण दर्ता गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली)  प्रयोग गरी नेपाली नागरिकलाई विवरण टिपाउन समेत अनुरोध गरेको छ ।

साथै, मन्त्रालयले नाम टिपाएकामध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछि सोको जानकारी फोन नम्बरहरू र WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्