लेटेस्ट न्युज
advertisement1

सत्तापलटपछि पनि रोकिएन तालिवानको अत्याचार 

Maryada News 2021-08-20 20:55:19
सत्तापलटपछि पनि रोकिएन तालिवानको अत्याचार 

काबुल, एजेन्सी : गत साता अफगानिस्ताको राजधानी काबुल कब्जा गरेका तालिवानहरुले नेटो फौज र पूर्वसरकारअन्तर्गत काम गरेका व्यक्तिहरुलाई धम्की दिने गरेको पाइएको छ । तालिवानले पुनः देश कब्जा गरिसकेपछि पनि यसअघि आफूहरुसँग असहमति राख्ने व्यक्तिको घरघरमा पुगेर उनीहरुका परिवारजनलाई धम्की दिने गरेको राष्ट्रसंघ मातहतको एक निकायले सार्वजनिक गरेको एउटा अभिलेखमा उल्लेख छ  । 

‘तालिवानले ठूलो संख्यामा सर्वसाधारणलाई निसाना बनाइरहेको छ । राजधानी कब्जा गरेपछि पनि देशमा तालिवानी धम्की प्रष्ट देख्न सकिन्छ,’ राष्ट्रसंघलाई गुप्तचर सेवा उपलब्ध गराउँदै आएको रिप्टो नर्वेजियन सेन्टर फर ग्लोबल एनलाइसिसले भनेको छ । तालिवानले पूर्वसरकारसँग काम गरेका कतिपय व्यक्तिका परिवारजनलाई पक्राउ गरी सोधपुछ गरेको छ,’ समूहका प्रमुख क्रिष्टियान निलम्यानले भने ।

तालिावनले कालोसूचीमा राखेका व्यक्तिहरुमाथि आक्रमणको जोखिम बढेको र कुनै पनि बेला उनीहरुको नरसंहार हुने उनको आशंका छ । 

विदेशीहरुले अफगानिस्तानबाट धमाधम आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरेका छन् । पछिल्लो पाँच दिनमा काबुल विमानस्थलबाट १८ हजार मानिस सम्बन्धित देशतर्फ उडेको नेटोआबद्ध एक अधिकारीले बताएका छन् । विदेशी फौजका लागि विभिन्न क्षेत्रमा काम गरेका झन्डै ६ हजार मानिस अहिले काबुल विमानस्थलमा पालो कुरेर बसेका छन् । 

विमानस्थल बाहिरको अवस्था अझै दयनीय छ । अमेरिकी सेनासँगै अमेरिका जान विमानस्थलमा झुम्मिएका अफगानीलाई तालिवानले रोक लगाएको छ । यसै साता एक अफगानीले उड्न लागेको विमानभित्र रहेका अमेरिकी सेनालाई आफ्नो बच्चा दिएको एउटा भिडियोले धेरैको मन छोएको छ । 

सत्तापलटपछि पनि तालिवानले दमन नरोकेको भन्दै ठाउँठाउँमा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । काबुलमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका छन् । अफगान सत्तामा तालिवानको कब्जासँगै उनीहरुको बर्बरता पुनः दोहोरिन सक्नेमा सर्वसाधारण त्रसित बनेका छन् । सन् १९९६ मा पहिलोपटक अफगान सत्तामा पुगेका तालिावनले कठरो शासन लादेका थिए । उनीहरुले बलात्कार र चोरीको अभियोग लागेका व्यक्तिको हात काटिदिने कानुन लगाएका थिए । त्यस्तै, मुस्लिम शरिया कानुनको डिलमा उभिएर उनीहरुले १२ वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्