लेटेस्ट न्युज
advertisement1

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता शुरु  

Maryada News 2021-08-14 18:36:16
भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता शुरु  

मेक्सिको:भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको हो ।     
सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण यहाँको आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ ।  त्यसैले यहाँको राजनीतिक तथा आर्थिक सङ्कटको अवस्थाको अन्त्यका लागि सो वार्ता शुरु भएको अधिकारीले जानकारी दिएका छन् ।

सो वार्तामा पछिल्लो समयमा सरकारका विरुद्धको सङ्घर्षका विषयमा सहमति खोज्ने बारेमा कुराकानी हुने बताइएको छ । यसका लागि यहाँ आमनिर्वाचनका विषयमा पनि सहमतिको प्रयास हुने बताइएको छ ।  यसअघि सन् २०१८ मा पनि यहाँको सरकार र विपक्षीबीच डोमिनिक रिपब्लिकमा वार्ता भएको थियो । त्यस वार्ताका क्रममा भने कुनै सहमति हुनसकेको थिएन ।     
     
खासगरी भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र यहाँका विपक्षी दलका नेता जुआन गुएइदोबीच सहमति हुन नसकेको बताइएको थियो । सो वार्ताका क्रममा भेनेजुएलाको नाकाबन्दीको विषयमा पनि छलफल हुने पनि बताइएको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्