काठमाडौं: सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार ५ लाख ४० हजारले १० कित्ताका दरले आईपीओ पाएका छन् ।
२४ लाख १९ हजार १ सय २७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४ सय ४० कित्ताको लागि आवेदन परेको थियो ।
कम्पनीले श्रावण २० गतेबाट ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
प्रतिक्रिया