काठमाडौं: पूर्व राजदूतहरूको साझा छाता संगठनकाे रुपमा पूर्व राजदूत एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन भएकाे छ । पूर्व राजदूत डा. शम्भुराम सिंखडाको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । अध्यक्ष सिंखडासहित उपाध्यक्षमा बंगलादेशका पूर्व राजदूत डा. चोपलाल भुसाल, सचिवमा अस्ट्रेलियाकी पूर्व राजदूत लक्की शेर्पा, कोषाध्यक्षमा कतारका पूर्व राजदूत रमेश कोइराला छन् ।
यस्त्तै सदस्यहरूमा श्रीलंकाका पूर्व राजदूत डा. विश्वम्भर प्याकुरेल, अमेरिकाको पूर्व राजदूत डा. अर्जुन कार्की, डेनमार्कको पूर्व राजदूत युवनाथ लम्साल, मलेसियाका पूर्व राजदूत डा. ऋषि अधिकारी र पूर्व राजदूत डा. विजयकान्त लाल कर्ण रहेका छन् ।
यो संगठन कुटनीतिक जिम्मेवारी पाएका सबै प्रकारका पूर्व राजदूतहरुको साझा संगठन भएको एसोसिएसनकी नवनियुक्त सचिव लक्की शेर्पाले जानकारी दिइन् ।
एसोसिएनले विश्वका विभिन्न देशहरूका कुटनीति क्षेत्रका समकक्षीहरूलाई आमन्त्रण गर्ने, अध्ययन भ्रमणहरूको आयोजना गर्ने गराउने, अन्तर्राष्ट्रिय भाइचाराका लागि आवश्यक कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन गर्ने, कुटनैतिक मर्यादाभित्र रहेर नेपालको विकासमा सहयोग पु-याउन विश्वका राष्ट्रहरू र अन्तराष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरू गर्ने, नेपालको विकासमा सहकार्य गर्न चाहाने राष्ट्रहरूसँग मिलेर काम गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय विकास परराष्ट्र मामिलाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन रिपोर्ट तथा जर्नलहरू प्रकाशन गर्ने एसोसिएसनले जनाएको छ ।
यस्ता छन् एसोसिएसनका उद्धेश्य :
क) नेपालका पूर्वराजदूतहरूले हासिल गरेको महत्वपूर्ण अनुभवहरू र योगदानलाई नेपालको राष्ट्रिय हीत, एकता, मुलुकको स्वधिनता, मातृभूमि प्रतिको गौरव, स्वतन्त्रता सदभाव सहित, परिवर्तित सन्दर्भमा नयाँ ढंगको अन्तराष्ट्रिय कुटनीति सम्बन्ध स्थापित गर्न सरकार तथा वाहालवाला राजदूतहरूलाई सरकार मार्फत सहयोग गर्दै, संविधानका निर्देशक सिद्धान्तलाई कार्यान्वयनमा टेवा पु-याउने लक्ष्य सहितको नेपालका पूर्वराजदूतहरूको प्राज्ञिक, बौद्धिक र कुटनीतिक क्षेत्रमा हासिल गरेको अनुभव र योगदानलाई संगठित एवं व्यवसायिकरण गर्ने, नीति निर्माण र कार्यान्यवन गर्ने ।
ख) नेपालको अन्तराष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति सम्बन्धि विभिन्न विषयमा छलफल गरी नेपालको स्वाधिनता र राष्ट्रिय स्वार्थका पक्षमा स्वतन्त्र र संस्थागत धारणाहरू सार्वजनिक गर्ने ।
ग)नेपालको राज्य नीति निर्माण गर्ने क्रममा परराष्ट्रनीति र परराष्ट्र सम्बन्धलाई महत्वपूर्ण प्राथमिकता दिने वातावरण सृजना गरी राज्यको परराष्ट्रनीति निर्माणमा सहयोग पु-याउने ।
घ) अन्तर्राष्ट्रियस्तरमा नेपालको गरिमालाई स्थापित गराउन विभिन्न राष्ट्रिय क्षेत्रीय र अन्तराष्ट्रियस्तरको विविध विषयहरूमा छलफल परामर्श र सम्वाद सम्वन्धि विषयगत कार्यक्रमहरूको आयोजना गर्ने, कार्यक्रम आयोजन गर्न सरकारलाई सुझाव दिने ।
ङ)परराष्ट्रनीति कूटनीतिक मर्यादा र कूटनीतिक व्यवहार सम्वन्धमा पालना गर्नु पर्ने पद्धति र प्रकृया सम्बन्धमा सरकारी तथा गैररसरकारी क्षेत्रमा जनशक्ति तयार गर्न पाठ्यपुस्तक तयार गरी कूटनीतिक क्षेत्रमा अनुभव हासिल गरेका विशेषज्ञ तथा अनुभविहरूबाट तालिम प्रदान गर्ने गराउने ।
च) मुलुक र अन्तर्राष्ट्रियस्तरमा अभ्यास भएका कूटनीति सम्बन्ध र वर्तमान विश्वमा अभ्यास भइरहेको परराष्ट्रनीति सम्वन्धि विषयमा गहन अध्ययन अनुसन्धान गरी सरोकारवालाहरूबीच व्यापक छलफलहरू चलाइ, यस सम्वन्धी कार्यक्रम स्वदेश र विदेशमा समेत आयोजना गर्ने ।
छ) सार्वजनिक कूटनीति क्षेत्र र अन्य कूटनीति क्षेत्रमा विभिन्न कार्ययाजना सञ्चालन गर्ने गराउने ।
ज)विश्वका विभिन्न देशहरूका कुटनीति क्षेत्रका समकक्षी व्यक्तिहरूलाई आमन्त्रण गर्ने, अध्ययन भ्रमणहरूको आयोजन गर्ने गराउने ।
झ)अन्तर्राष्ट्रिय भाइचाराका लागि आवश्यक कार्यक्रमहरू निर्माण गरी कार्यान्वयन गर्ने ।
ञ) कूटनैतिक मर्यादाभित्र रहेर नेपालको विकासमा सहयोग पु-याउन विश्वका राष्ट्रहरू र अन्तराष्ट्रिय संस्थाहरूसँग सहकार्य गरी कार्यक्रमहरू गर्ने ।
ट) नेपालको विकासमा सहकार्य गर्न चाहाने राष्ट्रहरूसँग मिलेर काम गर्ने ।
ठ) अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय विकास परराष्ट्र मामिलाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन रिपोर्ट तथा जर्नलहरू प्रकाशन गर्ने ।
प्रतिक्रिया