लेटेस्ट न्युज
advertisement1

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

Maryada News 2021-08-04 14:49:22
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्सको सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन खुला भएको छ । नेपाल धितोपत्र बोर्डको अनुमति पछि कम्पनीले आज बुधबारदेखि ६० लाख कित्ता आईपीओका लागि आवेदन खुला गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी दुई अर्बको ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबर प्रति सेयर १०० का दरले आईपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्ता मध्ये ३ लाख कित्ता अर्थात् कुल निष्कासनको ५ प्रतिशत सेयर  कर्मचारीलाई, ५ प्रतिशत नै सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन हुनेछ ।

सानिमा लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । २० गतेदेखि खुला हुने आईपीओका लागि २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्