काठमाडौं : भारतीय आयल कर्पोरेसन(आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीचको सहमति अनुसार आईओसीले आजदेखि सोमबार (मार्च १) गतेदेखि लागु हुनेगरी मूल्य बढाएर पठाएको हो ।
आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.२० रुपैयाँ, डिजेलमा ४.०७ रुपैयाँ, मट्टितेलमा ४.६५ रुपैयाँ, हवाई इन्धनमा ४.०६ रुपैयाँ तथा ग्यासमा प्रति सिलिन्डर ९१.९६ रुपैयाँ मूल्य बढेको छ ।
फेब्रुअरी १६ मा भएको तोकिएको मूल्यसूची अनुसार काठमाडौं उपत्यकाका लागि पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँ तथा आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रति किलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य १४ सय रुपैयाँ कायम गरिएको छ । यो मूल्यमा पेट्रोलियम पदार्थ बेच्दा निगमलाई पाक्षिक रुपमा १ अर्ब ५४ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया