क्यालिफोर्निया : नेपालमा बढ्दो जातिय विभेद तथा छुवाछुतका घटना विरुद्ध अमेरिका रहेका नेपालीहरुले समेत प्रदर्शन गरेका छन । अमेरिकामा रहेका अधिकारकर्मी प्रेम परियारको नेतृत्वमा विरोध प्रदर्शन भएको सार्वजनिक समाचारमा जनाईएको छ । अमेरिकी स्वतन्त्रता दिवस मे ४ को अवसर पारेर अमेरिकाको सनफ्रान्सीस्कोमा वसोवास गर्दै आएका दलित अधिकारकर्मीहरुले नेपालमा जारी विभेद विरुद्ध प्रदर्शन गरेका हुन ।
दलित अधिकार मानव अधिकार लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका अधिकारकर्मीहरुले नेपालमा वढ्दो छुवाछुत तथा जातिय विभेदका घटनामा राज्य मुक दर्शक भएको भन्दै आक्रोश ब्यक्त गरेका छन । विश्वका जुनसुकै कुनमा पुगेका नेपालीहरुलाई समेत मर्माहत बनाउने छुवाछुत तथा जातिय विभेद विरुद्ध हाम्रो विरोध प्रदर्शन हो अधिकारकर्मी प्रेम परियारले प्रतिकृया दिए ।
संचारकर्मी रूपा सुनारलाई छुवाछुत तथा जातिय विभेदकै कारण काठमाडौंमा कोठा दिन अस्वीकार गरेको घटना मानव अधिकार तथा संवैधानिक कानुन विपरित भएको भन्दै दोषीलाई कार्वाहीको माग गर्दै प्रदर्श गरिएको समाचारमा उल्लेख छ ।
कार्यक्रममा अधिकारकर्मी प्रेम परियारले जातीय विभेदको घटना एकपछि अर्को गर्दै नेपाली डायस्पोरामा पनि बढ्दै गएको भन्दै चिन्ता ब्यक्त गरे । नेपाली अमेरिकन परियार एसोसियसनका अध्यक्ष सरोज परियारले जातीय विभेदका घटना हुँदा अब चुप लागेर वस्न नहुने उल्लेख गरे । उनले जातिय विभेद भएमा सम्बन्धित निकायसँग समन्वय गर्दै घटनालाई सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
नापाको कोषाध्यक्ष भरत परियारले दलित भएकै कारण कोठा पाउन समस्या भएको र डायस्पोरामा सक्रिय संस्थाहरूले यस्ता विषयमा मौनता साध्ने र जातीय विभेदका घटनालाई ढाकछेप गर्ने गरेको टिप्पणी गरे । नेपालमा शिक्षा मन्त्री समेतको दवाबमा जातीय विभेदको घटनालाई संरक्षण गर्नु खेदजनक भएको वक्ताहरुले उल्लेख गरे। कार्यक्रममा अफ्रिकन अमेरिकन समुदाय, एसियन अमेरिकन समुदायका कम्युनिटी लिडरहरू समेतको उपस्थिती थियो । कार्यक्रममा संजय सुन्दास, सुर्य सुनाम, ओम अधिकारी, लक्ष्मी तिखत्री, कृष्ण सुनाम लगायत वक्ताहरूले आआफ्नो धारणा राखेको अमेरिकाबाट काजी सुनामले जानकारी दिए । समारोहमा करिब ३ दर्जन अगुवाहरुको सहभागिता रहेको जनाईएको छ ।
प्रतिक्रिया
Ganesh Nepali
2021-07-06 23:51:46They did very good in usa.