लेटेस्ट न्युज
advertisement1

उपत्यकामा एक साता निषेधाज्ञा लम्बियो, खाद्यान्न र तरकारी पसल विहान ११ बजेसम्म खुल्ने

Maryada News 2021-06-13 17:38:43
उपत्यकामा एक साता निषेधाज्ञा लम्बियो, खाद्यान्न र तरकारी पसल विहान ११ बजेसम्म खुल्ने

काठमाडौं : काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ ।  आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञा अवधि थपिए पनि केही खुकुलो भने पारिएको छ ।

अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् । यस्तै शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ । जसअनुसार पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन् । अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्