लेटेस्ट न्युज
advertisement1

कोरोना कहरः दुई दिनयता मृत्यु दर शून्य

Maryada News 2021-06-26 13:04:51
कोरोना कहरः दुई दिनयता मृत्यु दर शून्य

डाेटीः सुदूरपश्चिम प्रदेशमा पछिल्ला दुई दिनमा काेराेना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या शून्यमा झरेको छ। गएको ४८ घण्टामा प्रदेशमा कुनै पनि कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी नआएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ।

यही अवधिमा एक हजार आठ सय ९२ जनाको नमूना परीक्षण गरिएकोमा ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। चार सय ४४ जना उपचार व्यवस्थापन पछि घर फर्किएका छन्।

दोस्रो लहर फैलिएयता प्रदेशमा पहिलो पटक गएको जेठ २५गते पनि मृत्यू दर शून्य रहेको थियो। प्रदेशमा अहिलेसम्म ४३ हजार ४ सय ४२ सङ्क्रमित पुगेका छन्। दोस्रो लहरको कारोना भाइरस फैलिएयता गएको जेठ ७ गते एकै दिनमा प्रदेशमा सबै भन्दा बढी नाै सय ८४ जना नयाँ सङ्क्रमित थपिएका थिए।

प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जना सङ्क्रमितको निधन भएको थियो। कोरोना भाइरसको रोकथामका लागि जारी गरिएको निषेधाज्ञा प्रदेशका जिल्लाहरुमा पछिल्लो हप्तादेखि केही खुकुलो परिएको छ। पछिल्ला साता कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुने दर घटेको देखिएपनि सङ्क्रमणको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीको भनाई छ।

निर्देशनालयको तथ्याङ्क अनुसार झण्डै १७ प्रतिशतमा सङ्क्रमण भएको पाइएको छ। सङ्क्रमित हुने मध्ये ५७० जना आर्थात एक दशमलब ३१ प्रतिशतको निधन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्