काठमाडौंः उपत्यकासहित देशका अधिकांश स्थानमा आज बुधबार बिहान नेपाल टेलिकमको सेवा अवरुद्ध भएकाे छ। टेलिकमकाे जीएसएम नेटवर्कमा फोन नलाग्ने समस्या आएको थियाे।
टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीका अनुसार आज बिहान टेलिकमकाे काेर नेटवर्क (एचएलआर) मा समस्या आएकाे थियाे। हाल साे समस्या भने समाधान भइसकेकाे छ।
नेपाल टेलिकमका जिएसएम नेटवर्कभर आज उपत्यका र देशका अधिकांश स्थानमा फाेन लागेकाे थिएन। यद्यपि ल्याण्डलाइन, इन्टरनेट र एसएमएस सेवामा भने कुनै प्रकारकाे अवराेध थिएन।
प्रतिक्रिया