एजेन्सी- भारतकाे मध्यप्रदेश राज्यकाे सीधीमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना भएकाे छ। ५४ जना यात्रुहरू सवार रहेकाे बस सीधीकाे बाणसागर नहरमा खसेकाे हाे। हालसम्म ३५ जनाकाे शव भेटिएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ।
बसका चालक नहरबाट तैरिएर बाँच्न सफल भएका छन् भने अन्य ६ जनालाई पनि बचाइएकाे छ। चालकलाई प्रहरीले हिरासतमा लिएकाे छ।
बसमा सवार ५४ मध्ये ४५ काे निधन भएकाे हुन सक्ने स्थानीय प्रहरीले जनाएकाे भारतीय सञ्चारमाध्यमले बताएका छन्। प्रत्यक्षदर्शीकाे भनाइ अनुसार केही शव नहरमा बगेकाे थियाे।
सीधीबाट सतना जाँदै गरेकाे बस बिहान करिब साढे सातमा दुर्घटनामा परेकाे बताइएकाे छ। बसलाई ११ः४५ मा क्रेनकाे सहायताकाे बाहिर निकालिएकाे छ।
३२ सिट क्षमताकाे बसमा ५४ जना यात्रुलाई राखेकाे र जामकाे समस्या देखाउँदै चालकले जानुपर्ने बाटाे नलिइ अर्कै बाटाे प्रयाेग गरेकाेले दुर्घटना भएकाे हुनसक्ने प्रहरीकाे अनुमान छ।
प्रतिक्रिया