काठमाडाैंः विश्वकप छनाैटअन्तर्गतकाे गएराति भएकाे खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएकाे छ। खेलमा नेपाल ३-० ले पराजित भएकाे हाे।
नेपाल पहिलाे हाफकाे अन्तिम मिनेटमा १० खेलाडीमा सिमित भएकाे थियाे। नेपाली टाेलीका डिफेन्डर राेहित चन्दलाई रेफ्रिले राताे कार्ड दिएका थिए। पहिलाे हाफमा २-० गाेलले पछि परेकाे नेपाल निर्धारित ९० मिनेटमा ३-० ले पछि परेकाे थियाे।
पाेस्ट म्याच कन्फरेन्समा नेपाली टाेलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टाेलीले वीर गाेर्खालीले जस्तै खेलेकाे प्रतिक्रिया दिए। उनले भने, ‘हामीले गोर्खालीले जस्तै खेल्यौं। १० खेलाडीमा सिमित भए पनि खेलाडीले उत्कृष्ट खेले। हर सेकेन्ड मेहेनत गरेर खेले।’
जितसँगै समूह विजेता बनेकाे अष्ट्रेलियाजस्ताे बलियाे टाेलीसँग रक्षात्मक नभएर आक्रामक खेल पस्केकाे भन्दै प्रशिक्षक अलमुताईरीले टाेलीकाे तारिफ गरेका थिए।
यस्तै अष्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले पनि नेपाली टाेलीकाे खुलेर प्रशंसा गरे। अष्ट्रेलियालाई एकपछि अर्काे चुनाैती थपेकाे र हार नमानेकाे भन्दै उनले नेपाली टाेलीकाे प्रशंसा गरेका हुन्।
याेसँगै नेपालले औपचारिक रुपमै विश्वकप र एसिया कप छनाैटकाे तेस्राे चरणमा पुग्ने अवसर गुमाएकाे छ। यद्यपि नेपालसँग प्ले अफकाे माध्यमबाट एसिया कपमा छनाैट हुने सम्भावना भने कायमै छ।
प्रतिक्रिया