काठमाडौं : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । पौडेलले संविधानको धारा १६८ ९५० बमोजिमको नयाँ सरकार गठनको लागि आह्वान गरेकी छन् ।
बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत नपाएपछि २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो । नयाँ सरकार गठनको समयसीमा शनिबार दिउँसो ३ बजेसम्मको लागि तोकिएको छ ।
प्रतिक्रिया