काठमाडाैंः नेकपा एमालेकाे झलनाथ खनाल र माधव नेपाल समूहकाे स्थायी समिति बैठक बस्ने भएकाे छ। आज दिउँसाे १२ बजे भर्चुअल माध्यममार्फत स्थायी समिति बैठक बस्न लागेकाे हाे।
यसअघि साे समूहकाे केन्द्रीय समिति बैठक बसेकाे थियाे। बिहीबार र शुक्रबार बसेकाे बैठकले पार्टी अध्यक्षसँग वार्ताकाे वातावरण कायमै राख्ने तर पार्टीमा समानान्तर गतिविधि पनि नछाेड्ने राय दिएकाे थियाे। साेही विषयमा थप निर्णय गर्न आज स्थायी समितिकाे बैठक बाेलाइएकाे हाे।
आजकाे बैठकले थप रणनीति बनाउने साे समूहका नेताहरूले बताएका छन्।
प्रतिक्रिया