हुम्लाः जिल्लाका अधिकांश गाउँपालिकामा लक्षणविनाका सङ्क्रमितहरू देखिन थालेका छन्। काेराेनाकाे दोस्रो लहरमा यहाँ लक्षणविनाका बिरामी देखिन थालेका हुन्।
एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरूमा लक्षण नदेखिएकाे हाे।सङ्क्रमण पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरू लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए।
कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरूमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए। जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो। त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए।
कोरोना पुष्टि भएका मध्ये ६ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए।
प्रतिक्रिया
ImmineVem
2022-06-04 12:07:06Methocarbamol No Prescription Ctyvjb [url=https://newfasttadalafil.com/]best place to buy cialis online reviews[/url] Achat Viagra Pfizer Ygeknn <a href=https://newfasttadalafil.com/>cialis 20mg</a> Twzlwc mEqL per hour. Lwpahe They became more practical with the arrival of longlasting lithium batteries in the s. https://newfasttadalafil.com/ - buy cheap cialis online