लेटेस्ट न्युज
advertisement1

झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन पसल खोल्न पाइने

Maryada News 2021-06-03 21:38:06
झापामा थपियो निषेधाज्ञा, हप्तामा दुई दिन पसल खोल्न पाइने

झापा : झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ ।

जिल्लामा संक्रमण नघटेपछि बैठकले तेस्रो पटक निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले बताए । उनका अनुसार जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णयसमेत भएको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्