लेटेस्ट न्युज
advertisement1

कोरोना सङ्क्रमण नघट्दा निषेधाज्ञामा कडाइ 

Maryada News 2021-06-02 15:01:46
कोरोना सङ्क्रमण नघट्दा निषेधाज्ञामा कडाइ 

गलकोट : जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्न थालेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ९०० नघटेको भन्दै जिल्ला प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न निर्देशन दिएपछि अहिले बागलुङ जिल्ला सदरमुकाममा प्रहरीको बाक्लो उपस्थिति छ ।     
     
प्रहरीले अत्यावश्यक कामबाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, रु एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा कोरोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट निषेधाज्ञाको उल्लङ्घन गर्ने काम तीव्र भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक निषेधाज्ञा उल्लङ्घन गर्नेलाई रु एक सयको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिए ।     
     
अत्यावश्यक कामबाहेक एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाका, मुख्य सडक तथा भित्री सडकमा प्रहरीले चेकजाँचमा थप कडाइ गरेको हवारीले बताए । बागलुङमा सक्रिय सङ्क्रमितको सङ्ख्या नघट्नुमा निषेधाज्ञाको पालना नभएको भन्ने गुनासो आएपछि प्रहरी सक्रिय भएर लागेको छ । 

नक्कली पास बोक्ने, पासका आधारमा यात्रु बोक्ने, तीव्र गतिमा सवारी चलाउने, एक व्यक्तिका नाममा भएको पास अर्को व्यक्तिलाई दिनेलगायत निषेधाज्ञा उल्लङ्घनका घटनालाई ट्राफिक प्रहरीले निगरानी तथा सवारी नियम उल्लङ्घन र जाँचका साथै कारबाहीसमेत गरिरहेको प्रहरीको भनाइ छ ।     
     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्