एजेन्सीः ब्राजिलले काेपा अमेरिका फुटबल प्रतियाेगिताकाे आयाेजना गर्ने भएकाे छ। यसअघि अर्जेन्टिनाले आयाेजना गर्ने भनिएकाे प्रतियाेगिता अर्जेन्टिनामा काेराेना सङ्क्रमणदर कम नभएकाले ब्राजिलमा गर्ने निर्णय भएकाे हाे।
दक्षिण अमेरिकी फुटबल महासंघका अनुसार यस वर्षकाे काेपा अमेरिका आगामी १३ जुनदेखि १० जुलाईसम्म हुनेछ। खेल तालिका र मैदानबारे पनि महासंघले छिट्टै सार्वजनिक गर्ने बताएकाे छ।
ब्राजिलले याे संस्करणसहित ४७औं पटक कोपा अमेरिका आयोजना गर्दैछ। काेपा अमेरिका दक्षिण अमेरिकाकाे प्रतिष्ठित फुटबल प्रतियाेगिता हाे। यसलाई दक्षिण अमेरिकाकाे विश्वकप पनि भन्ने गरिन्छ।
प्रतिक्रिया