लेटेस्ट न्युज
advertisement1

भिरबाट लडेर महिलाको निधन

Maryada News 2021-05-23 10:01:09
भिरबाट लडेर महिलाको निधन

डोटीः भिरबाट लडेर एक जना महिलाको निधन भएको छ। जिल्ला प्रहरी कार्यालय डाेटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर निधन भएका हो।

गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा लड्दा घटनास्थलमै कडायतको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्