सप्तरीः जिल्लाकाे रुपनी गाउँपालिकामा करेन्ट लागेर गए राति एक महिलाको ज्यान गएको छ। रुपनी गाउँपालिका–३ हर्दिया गाउँकी २४ वर्षीया अमृतादेवी यादवकाे निधन भएकाे हाे।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उनी घरमा जडान गरिएको टिभीको स्वीच अन गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी थिइन्। करेन्ट लागेर गम्भीर घाइते भएकी अमृतालाई उपचारका लागि रुपनीस्थित युनिक अस्पताल लैजाँदा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यस्तै सप्तरीकै शम्भुनाथ नरपालिकास्थित सार्वजनिक पोखरीमा शुक्रबार डुबेर एक बालकको निधन भएको छ। शम्भुनाथ नगरपालिका–१२ बस्ने मुनिलाल साहका १० वर्षीय छोरा रुपेश साहको डुबेर निधन भएको हो।
प्रतिक्रिया