लेटेस्ट न्युज
advertisement1

ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचन लड्ने    

Maryada News 2021-05-21 21:44:26
ममता बनर्जी भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचन लड्ने    

कलकत्ता : हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् । पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल काङ्ग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा सपथ लिइसकेकी  छन् तर उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बङ्गालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ ।     
     
मुख्यमन्त्रीले उप–निर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो । यस वर्षको निर्वाचनमा उहाँले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजति भएकी थिइन् ।    पश्चिम बङ्गालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमुल काङ्ग्रेसले मुख्यमन्त्री बनाएको हो ।     

त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका थिए ।  पार्टीका सबै नेताहरूले छलफल गरी उनलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाब आएपछि मैले सोचें कि मुख्यमन्त्रीका लागि मेरो सीट खाली गर्नुपर्नेछ ।  त्यहाँ कुनै दबाब छैन ।सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो । मैले उहाँसँग कुरा गरें । यो उहाँको नै सीट थियो । मैले यसलाई सुरक्षित मात्रै गरेको हो ।” चटर्जीले राजिनामापछि सञ्चारमाध्यमसँग बताउए ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्