लेटेस्ट न्युज
advertisement1

पाकिस्तानमा भूकम्प : कम्तीमा २० जनाको मृत्यु, १५० घाइते

Maryada News 2021-10-07 16:03:53
पाकिस्तानमा भूकम्प : कम्तीमा २० जनाको मृत्यु, १५० घाइते

काठमाडौं : पाकिस्तानको बलोचिस्तान प्रान्तमा बिहीबार गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

५.९ म्याग्निच्युड मापन गरिएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट नौ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पका कारण भवनहरू ढल्दा मानिसको मृत्यु भएको त्यहाँका एक सरकारी अधिकारीले बताएका छन् ।

भूकम्पमा परी कम्तीमा १५० जना घाइते भएका स्थानीय अधिकारीको भनाइ छ । तीमध्ये कतिपयलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार मृत्यु हुनेमा केही महिला र बालबालिका पनि छन् । एक अधिकारीका अनुसार १०० भन्दा बढी माटोका घरहरू ढलेका छन् ।

ठूलो संख्यामा भवनहरू क्षतिग्रस्त भएका छन् । जसका कारण सयौँ व्यक्ति घरबारविहीन भएका जनाइएको छ । उद्धारकार्य जारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्