काठमाडाैंः नेपाल वायु सेवा निगमकाे वाइडबडी विमान स्वस्थ्य समाग्री लिन ओमान र चीन जाने भएकाे छ। शनिबार गैरआवासीय नेपाली संघ र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान जानेछ भने साेही दिन फर्केर चीन जाने तालिका रहेकाे छ।
निगमले सार्वजनिक गरेकाे उडान तालिकाअनुसार विमान शनिबार चीन गइ बुधबारसम्म चार वटा उडानमार्फत प्रतिदिन पाँच सय ५० थान अक्सिजन सिलिन्डर ल्याउनेछ।
शनिबार उडेकाे विमानले भने आइतबार नेपाल फर्किँदा चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य स्वास्थ्य समाग्री ल्याउने तयारी भइरहेको महाप्रबन्ध डिम प्रकाश पौडेले बताए।
निगमले स्वास्थ्य सामाग्री ल्याउन वाइडबडी ए३३० जहाज प्रयोग गर्ने जनाएकाे छ।
प्रतिक्रिया