कञ्चनपुरः लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेकाे छ। दुवै जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमकाअनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज हमाल र बेलडाँडी गाउँपालिका–५ इमलियाका २१ वर्षीय गोपाल राना रहेका छन्। हमाललाई बेलडाँडी गाउँपालिका–३ सिमलडाँडी क्षेत्रबाट १० दशमलव ३६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो। यस्तै रानालाई से१प ५०१८ नंको मोटरसाइकलमा आउँदै गरेको बेला जाँच गर्दा तीन दशमलव ९० ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएकाे हाे।
रानालाई र हमालमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया