लेटेस्ट न्युज
advertisement1

काठमाडाैं उपत्यकाकाे निषेधाज्ञा तस्बिरमा

Maryada News 2021-04-29 11:54:05
काठमाडाैं उपत्यकाकाे निषेधाज्ञा तस्बिरमा

काठमाडाैंः जिल्ला प्रशासन कार्यालय काठमाडाैं, भक्तपुर र ललितपुरले आज बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा जारी गरेसँगै काेटेश्वर, कलंकीलगायतका स्थानमा उपत्यका छाेड्नेकाे लर्काे नै लाग्याे। गएराति नै उपत्यका छाेड्न बसमा सवार यात्रु अत्याधिक सवारी चापका कारण हालसम्म पनि नागढुंगा-नाैविसेकाे जाममै रहेकाे ट्राफिक प्रहरीले जनाएकाे छ।

निषेधाज्ञा जारी भएसँगै यता दैनिक मजदुरी गर्नेलाई भने समस्या परेकाे छ। 

नेपाल सरकारले वैसाख १६ देखि दुई हप्तासम्म काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेपछि बन्द सुन्धारा सडकपेटीमा धुपको व्यापार गर्ने एक वृद्ध व्यापारी आफूले व्यापार गर्ने सटर अगाडी बसेर टोलाउँदै।

यस्तै पास नभएका र अत्यावशेक बाहेकका सवारी साधनकाे आवगमनमा प्रतिबन्ध लागेसँगै काठमाडाैं उपत्यका सुनसान बनेकाे छ। ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँचसमेत गरिरहेकाे छ। ट्राफिक महाशाखाकाअनुसार आज काठमाडाैं उपत्यकाका करिब ८० स्थानमा ट्राफिक चेकिङ भइरहेकाे छ। 

 

काठमाडौँ उपत्यकामा निषेधाज्ञाकाे पहिलाे दिन दरवारमार्ग र भद्रकालीमा सवारीको पास जाँच गर्दै ट्राफिक प्रहरीहरू।

सधैं गुल्जार रहने न्यूराेड गेट र सिंहदरवार अगाडिकाे सडक निषेधाज्ञाकाे पहिलाे दिन सुनसान बनेकाे छ। सवारी चाप अत्याधिक रहने यी स्थानमा आज मुस्किलले एकदुई सवारी साधन गुडेकाे देखिएकाे छ।





सुनसान न्यूराेड गेट र सिंहदरवार अगाडिकाे सडक। यी सडकमा सामान्य अवस्थामा अत्याधिक सवारी चाप हुने गरेकाे थियाे। 

सबै तस्बिरहरूः प्रदीपराज वन्त, रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्