काठमाडाैंः राज कुलेश्वर विद्यालय,दाेलखा र बहादुर खडक स्मृति पुस्तकालय, डढेलधुराकाे लागि सहयाेग जुटाउन 'पेडल फर एडुकेसन' अभियान थालनी भएकाे छ। अभियानकाे तेस्राे दिन काठमाडाैंदेखि हेटाैँडासम्मकाे यात्रालाई कलाकार हरिवंश आचार्य, मदन कृष्ण श्रेष्ठ, पूर्व मन्त्री गगन थापा र पाइलट विजय लामाले शुभारम्भ गरेका छन्।
शुभारम्भ कार्यक्रममा अभियानका लागि एक लाख ५० हजार रूपैयाँ सहयाेगसमेत प्राप्त भएकाे छ।
विद्यालय र पुस्तकालयलाई सहयाेगार्थ एकल साहसिक साइकल यात्री देवेन्द्र बस्न्यातले दाेलखादेखि डढेलधुरासम्मकाे एक हजार दुई सय किलाेमिटर साइकल यात्रा गर्ने भएका हुन्।
गत शनिबार शताव्दी पुरुष सत्य मोहन जोशीसँग आशिर्वाद लिँदै दोलखादेखि डढेलधुरासम्मको साइकल यात्रा सुरुवात गरिएको हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्न्यातले जानकारी दिए।
यात्रा चैतकाे ११ मा सम्पन्न हुने जनाइएकाे छ।
प्रतिक्रिया