लेटेस्ट न्युज
advertisement1

पर्सामा बिहीबार बिहानै एक सय ६९ सङ्क्रमित भेटिए

Maryada News 2021-04-29 10:38:09
पर्सामा बिहीबार बिहानै एक सय ६९ सङ्क्रमित भेटिए

पर्साः भारतसँग सीमा जाेडिएकाे जिल्ला पर्सामा बिहीबार बिहानै एक सय ६९ जना कोरोना सङ्क्रमित फेला परेका छन्। वीरगञ्जको नारायणी अस्पतालमा बुधबार दुई सय ८८ जनाको स्वाब परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका एक सय ३३ पुरुष र ३६ महिलामा सङ्क्रमण पुष्टि भएको हो।

भेटिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्साबाट एक सय ४० जना रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक/एक जना रहेका नारायाणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए। उनले कोरोना सङ्क्रमणको दोस्रो लहरमा फेला परेका सङ्क्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए।

यससँगै पर्सामा सङ्क्रमितको कुल सङ्ख्या चार हजार तीन सय १७ पुगेको छ। त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्