लेटेस्ट न्युज
advertisement1

पीसीआर परीक्षण माग गर्दै गण्डकी प्रदेश सभा बैठक अवरुद्ध

Maryada News 2021-04-27 14:18:14
पीसीआर परीक्षण माग गर्दै गण्डकी प्रदेश सभा बैठक अवरुद्ध

कास्कीः गण्डकी प्रदेश सभाकाे मङ्गलबार जारी बैठक अवरुद्ध भएकाे छ। सत्तारुढ एमालेकै सांसदहरूले पीसीआर परीक्षणकाे माग गर्दै बैठक अवरुद्ध पारेपछि गण्डकी प्रदेशकाे चालु विशेष अधिवेशन अवरुद्ध भएकाे छ। 

एमाले गण्डकी प्रदेशका सांसद राजीव पहारीले सांसदहरूको पीसीआर परीक्षण गर्नुपर्ने र स्वास्थ्य प्राेटाेकल जारी नगरी बैठक बस्न नहुने भन्दै माग राखेपछि गण्डकी प्रदेश सभा अवरुद्ध भएकाे हाे। ‘आधाभन्दा बढी माननीयले कोभिडको डबल डोज लगाएको अवस्था छैन। कास्की जिल्लाले जारी गरेको सूचनामा पनि भीड नगर्नु भनेको छ, हेल्थ प्रोटोकल जारी नगरी संसद शुरू गर्दा कोरोना नफैलियोस्। कोरोना सरेर कोही माननीयको मृत्यु भयो भने के गर्ने? उनले भने।’

आधाभन्दा बढी सांसद सुगर र प्रेसरको रोगी भएकाले थप खतरा रहेको पनि उनले बताए। सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गर्दै १ बजे पुन: बैठक बाेलाए पनि हालसम्म बैठक सञ्चालन भएकाे छैन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्