लेटेस्ट न्युज
advertisement1

विद्यालय बन्द गर्ने वा नगर्ने अधिकार स्थानीय निकायलाई

Maryada News 2021-04-16 15:41:04
विद्यालय बन्द गर्ने वा नगर्ने अधिकार स्थानीय निकायलाई

काठमाडाैंः विद्यालय बन्द गर्ने वा नगर्ने निर्णय जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर्णयअनुसार गर्न शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अनुराेध गरेकाे छ। शिक्षा मन्त्रालयले शुक्रबार जारी गरेकाे विज्ञप्तिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर वा स्थान विशेषको हकमा डीसीसीएमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालयहरू बन्द वा तोकिएबमोजिम गर्नु अनुराेध गरेकाे छ।

यस्तै बन्द गरिएका विद्यालयहरू पुनः सञ्‍चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा- २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नुका साथै विद्यालयहरू बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाबमोजिम सिकाइ क्रियाकलापहरुलाई निरन्तरता दिन पनि मन्त्रालयले अनुराेध गरेकाे छ। 

पछिल्लो समय कोरोना संक्रमण बढिरहेको र नयाँ भेरियन्टकाे संक्रमण पाइएकाले विद्यालयजस्ताे संवेदनशील क्षेत्रलाई तत्काल बन्द गर्नुपर्ने माग उठ्दै आएकाे छ। बालबालिकामा कोरोना संक्रमणको जाेखिमदर उच्च भए पनि नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार हालसम्म पनि बिलखबन्दमै रहेकाे छ। 

यसअघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सिफारिस गरे पनि र अभिभावकहरूले विद्यालय बन्द गर्न आग्रह गरे पनि प्याब्सन र एनप्याब्सनजस्ता निजी विद्यालयका छाता संगठनकाे दबाबका कारण हालसम्म सरकारले ठाेस निर्णय लिन नसकेकाे हाे। 

यता स्थानीय निकायलाई विद्यालय सञ्चालन गर्ने वा नगर्ने बारे अधिकार दिइए पनि अत्याधिक संक्रमण देखिएका कतिपय स्थानीय निकाय विद्यालय सञ्चालन गरिरहेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्