सुनसरीः जिल्लाकाे इटहरी उपमहानगरपालिका–१४ मा अवस्थित नर्भासा नहरमा पौडी खेल्ने क्रममा दुई बालकको डुबेर निधन भएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार निधन हुनेमा इटहरी–७ का १४ वर्षीय आयुश भुर्तेल र १७ वर्षीय सायल चौधरी रहेका छन्।
दुई बालकहरू मङ्गलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
प्रहरीले केही समयकाे खाेजतलासपछि उनीहरूलाई गम्भीर घाइते अवस्थामा उद्दार गरेकाे थियाे। उद्दारपश्चात उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनीहरूकाे उपचारको क्रममा राती निधन भएकाे हाे। घटनाका बारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले बताएकाे छ।
प्रतिक्रिया