काठमाडौं : आज (मंगलबार)देखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाका विरामीको मात्रै उपचार गर्ने भएको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार अस्पतालको अन्तरंग सेवाअन्तर्गत अब कोभिड बिरामीको मात्र उपचार गरिने छ।
पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएकाले अस्पतालको अन्तरंग सेवा अन्तरगत कोभिडका विरामीको मात्रै उपचार गरिने अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए । यद्यपी, अस्पतालमा एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा यथावत रहनेछ, त्यसबाहेक बाह्य साधारण ओपिडी सेवा पनि निरन्तर रहने बताइएको छ । त दश दिनयता अस्पतालमा कोभिड संक्रमित भर्ना हुने क्रम बढिरहेको छ। अहिले अस्पतालमा २० भन्दा बढी संक्रमितहरू उपचाररत रहेको अस्पतालले जनाएको छ।
पछिल्लो समय कोरोनाको नयाँ संक्रमण फैलिएका कारण अस्पतालमा भर्ना हुने संक्रमित संख्या बढेको हो। उक्त नयाँ संक्रमण अघिल्लो भन्दा घातक रहेका कारण अस्पताल भर्ना हुने संक्रमित अझै बढ्ने विज्ञहरूले बताउँदै आएका छन्।
प्रतिक्रिया