लेटेस्ट न्युज
advertisement1

महासंघ विजेता पत्रकारहरुमा देखिएको उत्साह (फोटो फिचर)

Maryada News 2021-04-10 21:05:08
महासंघ विजेता पत्रकारहरुमा देखिएको उत्साह (फोटो फिचर)

काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सकिएको मतगणनाअनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाएका छन् । एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघसहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत पाएकी छन् । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले ४९१ मत पाएका छन् ।

पदाधिकारीमा विपुलकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम निर्वाचित भएका छन् । महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल र समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य निर्वाचित हुँदा कलेन्द्र सेजुवाल कोषध्यक्ष र लेखनाथ न्यौपाने लेखा समिति संयोजक चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्