काठमाडाैंः काेराेना भाइरस संक्रमण पुष्टि हुनेकाे संख्या पछिल्लो २४ घन्टामा तीन सय ३२ जना रहेका छन्। चार हजार ६ जनामा गरिएकाे पीसीआर नमूना परीक्षणमा तीन सय ३२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे हाे।
यस्तै पछिल्लाे २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन्। पछिल्लाे २४ घण्टामा कसैकाे पनि काेराेना संक्रमणका कारण निधन भएकाे छैन।
आज तीन सय ३२ जनामा संक्रमण देखिएसँगै नेपालमा काेराेना संक्रमितकाे कुल संख्या दुई लाख ७९ हजार एक सय पुगेकाे छ। यस्तै सक्रिय संक्रमितकाे संख्या दुई हजार चार सय ५४ रहेकाे छ। नेपालमा हालसम्म दुई लाख ७३ हजार ६ सय आठ जना संक्रमणमुक्त भइसकेका छन्। यस्तै हालसम्म काेराेना संक्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन्।
हाल नेपालमा ७७ जना क्वारेन्टिनमा रहेका छन्।
प्रतिक्रिया