काठमाडाैंः बर्दियामा आतंक मच्चाएकाे नरभक्षी बाघलाई मङ्गलबार सदर चिडियाखाना जावलाखेलमा स्थानान्तरण गरिएकाे छ। बाघलाई आइतबार साँझ बर्दिया राष्ट्रिय निकुञ्जकाे टाेलीले नियन्त्रणमा लिएकाे थियाे।
यही बाघकाे आक्रमणमा परी निकुञ्जमा कार्यरत ३१ वर्षीय माहुते पुलिसराम चौधरीको गत चैत २२ मा निधन भएको थियाे। बर्दियामा याेसहित अर्काे बाघले केही महिनायता आतंक मच्चाउँदै आएकाे थियाे। आज चिडियाखाना ल्याइएकाे बाघले कम्तिमा दुई जना मारेकाे र यसकाे उमेर अन्दाजी १० वर्षको भएकाे वन्यजन्तु संरक्षण विभागले जनाएकाे छ।
पछिल्लाे नाै महिनामा १० जनाले बाघकाे आक्रमणमा परी ज्यान गुमाइसकेका छन्। चारवटा भाले र एउटा पोथीसहित चिडियाखानामा अब बाघको संख्या पाँच पुगेको छ।
प्रतिक्रिया