काठमाडौंः उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)ले निर्णय गरेकाे छ। सिसिएमसीको सोमबार बसेको बैठकले उपत्यका प्रवेश गर्ने नाकाका सम्बन्धित नगरपालिकाले नाकामा एन्टिजेन परीक्षण गर्न व्यवस्था गर्नेुपर्ने निर्णय गरेको हो।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकाभित्र कोभिडको संक्रमण बढ्न नदिनका लागि सम्बन्धित नगरपालिकाले एन्टिजेन परीक्षण गर्ने र नाकामा हेल्थ डेस्क राख्ने निर्णय भएको बताएका छन्।
यस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिए पनि लक्षणसहित शंकास्पद लागेमा अनिवार्य पीसीआर परीक्षण गर्ने निर्णय पनि बैठकले गरेको छ।
याेसहित बैठकले अन्य ८ बुँदे निर्णय गरेको छ। काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्नुपर्ने पनि बैठकले निर्णय गरेकाे छ।
यस्तै स्वास्थ्य मापदण्ड पालना नगरे दण्ड जरिवाना गराइनेसमेत बताइएकाे छ भने सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरू हाललाई स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सिसिएमसीले आग्रह गरेको छ।
प्रतिक्रिया