काठमाडाैंः नेपाली राष्ट्रिय पुरुष फुटबल टाेलीका गोलकिपर किरण चेम्जोङ ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ बनेका छन्। मनाेनयनमा परेका अन्य खेलाडीभन्दा सर्वाधिक मत ल्याएर किरण साताका सर्वाेत्कृष्ट खेलाडी बनेका हुन्।
गत बिहिबार एएफसीले साताका उत्कृष्ट खेलाडीकाे मनाेनयनमा किरणसहित एसियाका अन्य १० खेलाडीको सूची सार्वजनिक गर्दै भोटका लागि आह्वान गरेको थियो। हिजाे अप्रिल ४ सम्मका लागि भोटिङकाे समयसीमा तोकिएकोमा किरणले यसअवधिमा सर्वाधिक भोट पाएका छन्।
किरणले ५५.६९ प्रतिशत भोट पाएका छन्। दोस्रो स्थानमा रहेका साउदीका सालेह अल सेहरीले २०.७२ प्रतिशत भोट प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा रहेका इराकका अला अली मवाईले १०.१६ प्रतिशत भोट पाएका छन्।
सूचीमा यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी र ताजिकिस्तानका नका अलिसेर जालिलोभसमेत रहेका थिए।
साताको उत्कृष्ट खेलाडीको सूचीमा परेर विजेता हुने किरण पहिलो नेपाली हुन्। किरणकै कप्तानीमा नेपालले गत साता थ्री नेसन्स कपको उपाधि जितेको थियो। फाइनलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गर्दै उपाधि जितेकाे थियाे।
नेपाललाई उपाधि दिलाउनु दुई दिनअघि किरण भारतको आई लिग सिजन २०२१ को उत्कृष्ट गाेलकिपर पनि चुनिएका थिए।
प्रतिक्रिया