काठमाडौं : रु रु जलुविद्युत परियोजनाको आइपीओमा १ करोड ३६ लाख ४५ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । आइतबार दिउँसो ४ः१७ बजेसम्म ९ लाख ३५ हजार ४८७ जनाले कुल १ अर्ब ३६ करोड ४५ लाख ६७ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
सर्वसाधारका लागि बिक्री खुला गरिएको ३ लाख ७९ हजार १६७ कित्तालाई आधार मान्दा ३५।९९ गुणा बढी आवेदन हो । रु रु जलुविद्युत परियोजनाले शुक्रबार ९चैत २० गते० देखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको हो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो ।
यसमा चैत २४ गतेसम्म आवेदन दिन सकिनेछ । रु रु जलुविद्युतको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसअघि रु रु ले स्थानीयलाई आइपीओ बिक्री गरिसकेको छ ।
प्रतिक्रिया