ललितपुरः नख्खुमा बर्ड फ्लु भेटिएकाे छ। ललितपुर महानगरपालिका वडा नम्बर १४ का स्थानीय किसानले पालेको हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे हाे।
संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ हाँस, आठ सय ५४ लोकल कुखुरा र एक सय ५४ बट्टाई नष्ट गरिएको छ। यस्तै नाै सय ४४ कुखुराको अण्डा र तीन सय ३५ किलो दाना पनि नष्ट गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संक्रमण देखिएको क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको छ।
प्रतिक्रिया