एजेन्सी : भारतको मुम्बईस्थित एक कोरोना अस्पतालमा आगलागी हुँदा १० जनाके मृत्यु भएको छ । बुधबार राती करिब १२ बजे आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अस्पतालमा कोरोनाका विरामी समेत गरेर ७० विरामीलाई उद्धारपछि अर्को अस्पतालमा सारिएको बताइएको छ । स्थानीय प्रहरीका अनुसार झण्डै १२ घण्टाको प्रयासपछि उक्त आगलागी नियन्त्रणमा आएको हाे । फायर ब्रिगेडको २२ वटा गाडीको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया